क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडाैं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेकाे हाे ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।

उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण गरेका हुन्। उनी सवार विमान वर्षाका कारण केहीबर विमानस्थल अवतरण नगरी आकाशमै फन्को मारेको थियो।

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्। प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए।

लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्। आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन्। युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button