नेपाली बजारमा पेट्रोलियमको मूल्य यथावत्

काठमाडौँ । एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेर आएको हो ।

जुलाई १६ र अगस्ट १ को मूल्यसूची घटेर आउँदा प्रतिलिटर पेट्रोलमा ३२ रुपियाँ ५७ पैसा र डिजेलमा २५ रुपियाँ ७४ पैसा घटेको छ । आईओसीले आगामी १५ दिनका लागि उपलब्ध गराएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १६ रुपियाँ ८१ पैसा, डिजेल नौ रुपियाँ १८ पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ७८ रुपियाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ । यसअघि जुलाई १६ मा पनि प्रतिलिटर पेट्रोल १५ रुपियाँ ७६ पैसा र डिजेल १६ रुपियाँ ५६ पैसा घटेर आएको थियो ।

पछिल्लो दुई पटक गरेर पेट्रोलमा प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा घटेर आएपनि नेपाल आयल निगमले भने तत्काल मूल्य नघटाउने जनाएको छ । पनि घाटा कायम रहेकाले तत्कालका लागि मूल्य घटाउन नसकिने अवस्था रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘सरकारले कर समायोजन गर्ने भनेर एकै पटक मूल्य नघटाएको भए अघिल्लो पटकदेखि नै मूल्य घटाउने थियौँ,’ उनले भने, ‘डिजेल र ग्यासमा अझै घाटा रहेकोले तत्काल घटाउन कठिन छ ।’

मूल्य घटेर आउँदा निगमको घाटा कम भए पनि इन्डियन आयल कर्पोरेसनलाई तिर्न अझै २३ अर्ब रुपियाँ बाँकी छ । मूल्य घटेर आए पनि प्रतिलिटर डिजेलमा नौ रुपियाँ ३७ पैसा र ग्यासमा पाँच सय रुपियाँ घाटा रहेको निगमको भनाइ छ । पेट्रोल लिटरमा दुई रुपियाँ, मट्टितेलमा १८ र हवाई इन्धनमा नौ रुपियाँ १८ पैसा नाफा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button