महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ, १८ असार । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ ।

शनिबार ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको महासंघ (साफ) को साधारण काँग्रेसले महिला साफ नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुनेछ । त्यस्तै, साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो ।

साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पनि गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button