नुवाकोटमा प्रचण्डले गरे स्वर्गीय छोराको शालिक अनावरण

काठमाडौं । नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरिएको छ।

नेकपा (माओावादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल पर्वतारोहण संघको पहलमा बनाइएको सगरमाथा आरोही प्रकाशको शालिक अनावरणका गरेका हुन।

प्रकाशको २०७४ मंसिर ३ गते लाजिम्पाटस्थित निवासमै निधन भएको थियो। शालिक अनावरणपछि बोल्दै यो काम परिवारको आग्रहमा नभएर पर्वतारोहण संघकै पहलमा बनाइएको पनि प्रचण्डले बताए।

संघले आवश्यकता ठानेर नै सगरमाथा आरोही प्रकाशको शालिक बनाएको पनि उनले स्पष्टीकरण दिए।

अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ।’

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button