एक बर्षमै एमालेमा ‘तिन फ्याक’

काठमाडौं । नेकपा (एमाले) एक बर्षमा ‘तिन फ्याक’ मा विभाजन भएको छ । मंगलबार बामदेव गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान ) सुरु गरेपछि एमाल तिन टुक्रामा विभाजित भएको हो ।

केपी शर्मा ओलीबाट अलग रहेर माधव नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको एक बर्ष नवित्दै बामदेवले नयाँ पार्टी बनाएका हुन् । अहिलेलाई कम्युनिष्ट एकता नाम दिए पनि केही महिनापछि गौतमले पार्टीकै रुपमा निर्वाचन आयोगमा दल दर्ता गरिने जनाएका छन् । एमाले र समाजवादीमा असन्तुष्टलाई क्याच गर्ने बामदेवको दाउ छ ।

मन्त्रीविवादपछि समाजवादीमा पनि असन्तुष्टि चुलिएको छ । अहिले माधव र झलनाथ खनालबीच त्यति राम्रो सम्बन्ध् नरहेको विश्वस्त श्रोतले बतायो । यदि त्यहाँ पनि असन्तुष्टि बढ्दै जाने हो भने फेरि अर्को दल बन्न सक्ने बताइन्छ । उता एमालेमा पनि आन्तरिक रुपमा विवाद कायमै छ । घनश्याम भुसालको समुह अध्यक्ष ओलीसंग रुष्ट छ । त्यहाँ पनि विभाजनको अवस्था रहेको नेताहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button