११ बुँदे मागसहित शरणार्थीहरूकाे विरोध प्रदर्शन

काठमाडौँ- नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । 

मंगलबार काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि उनीहरूले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ । त्यस्तै नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सतप्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरूले आफुहरु माथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरूले माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button