यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु

नयाँ दिल्ली भारतको तीन दिने औपचारीक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले विभिन्न परियोजनाको संयुक्त उद्घाटन गरेका छन्।

भारतको राजधानी नया दिल्लीस्थित हैदरावाद हाउसमा देउवा र मोदीले नेपाल भारत रेल, सोलु करिडोर प्रसारण लाइन, १ सय ३० भन्दा बढी स्वास्थचौकीहरु, ‘रुपेडिजिटल कार्डको संयुक्त उद्घाटन गरेका हुन्।

प्रधानमनत्री देउवा र मोदीले हरियो झन्डा देखाउँदै रेलको उद्घाटन गरेसँगै जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको थियो। अब रेल नियमित रूपमा संचालन हुने जनाइएको छ।

त्यस्तै प्रधानमन्त्री देउवा र मोदीले १३२ केभीको ९० किलोमिटर लामो सोलु करिडोरको प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरे। त्यसैगरी प्रधानमन्त्रीद्धयले भारतीय सहायतामा निर्माण भएका १ सय ३० भन्दा बढी नेपालका स्वास्थचौकहीहरूको पनि संयुक्त उद्घाटन गरे।

दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा भारत सरकारले हालै प्रयोगमा ल्याएको डिजिटल भुक्तानी गर्नेरुपेडिजिटल कार्ड नेपालमा प्रयोगको पनि शुभारम्भ गरे।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button