इटालीमा नेपाल चिनाउन हिँडेका कार्लो

काठमाण्डौँ । नेपालको पर्यटन प्रर्वद्धनका लागि इटाली नागरिक कार्लो म्यामबर्टोले लामो समयदेखि नेपालमा ’फिनाले फर नेपाल’ नामक पर्यटन प्रर्वद्धन अभियान सञ्चालन गरिरहेका छन् ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्लोले नेपालको पर्यटन र सांस्कृतिक विविधता बिश्वभर चिनाउन ’फिनाले फर नेपाल’ सुरु गरिएको जानकारी दिए ।

पर्यटनको प्रर्वद्धन पुनस्र्थापना र भविष्यका बारेमा ’फिनाले फर नेपाल’ अथात् नेपालका लागि फिनाले नाम संस्थामार्फत् उनले थुप्रै क्षेत्रमा सहयोग गरेका छन् । विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गाउनेदेखि लिएर पर्यटकीय क्षेत्रको फोहोर संकलन गर्छन् ।

कोरोना महामारीको समयमा नेपालमा हजारौँ व्यक्तिलाई निशुल्क खाना खुवाउनेदेखि नेपालका छाडा कुकुरलाई उद्धार गरी उनले इटली पठाउने काम गरेका छन् । उनी भन्छन्, म प्रकृतिप्रेमी मान्छे हुँ । नेपाल र नेपालीका लागि म जीवन पर्यन्त लागि रहन्छु । उनले हालसम्म हजारौँ इटालियनहरूलाई नेपाल भ्रमण गराइसकेका छन् ।

बुबा आमा श्रवणदृष्टि विहिन भएको र आफनो बाल्याकाल निकै कष्टकर भएको बताउँदै उनले आफु इटालीमा जन्मिएपनि नेपालप्रति उत्कट माया र नेपालीप्रतिको सम्मानले सधै सेवाभाव भएको कार्लोले बताए ।

सन् २००९ मा साहसिक पर्यटन प्रवद्धन र सामाजिक सेवा गर्ने हेतुले स्थापित सुरु भएको यस अभियानले पर्वतारोहण यात्रा, भ्रमण र पदयात्रा, साहसिक र एकता यात्रा, र सांस्कृतिक र मनोरञ्जन यात्राहरूमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने र नेपालको आर्थिक उन्नतीमा मद्धत पुर्याउने लक्ष्य लिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी अच्युत गुरुङले इटाली नागरिकले नेपालप्रति देखाएको माया सद्भाव र पर्यटन प्रर्वद्धनका लागि गरेको काम निकै प्रशंसनिय भएको बताए । उनले भने, ‘ दिगो पर्यटन प्रर्वद्धनको भिजन बोकेका इटाली नागरिक कार्लोलाई नेपालको पर्यटन र सांस्कृतिक विविधता विश्वभर चिनाउन र नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढाउन सरकारले उनलाई पर्यटनदुत बनाएर इटालीमा नेपालको पर्यटन प्रर्वद्धन गर्नुपर्छ ।’

पर्यटन विकासबाट देशले गर्ने पर्यटन विकास मात्रै नभएर समग्र व्यावसायिक दृष्टिले लाभ लिन सक्छ भने नयाँ गन्तव्य रुचाउने पर्यटकका लागि नेपाल आकर्षक स्थल हुने भनाइ उनको छ ।

पर्यटन व्यवसायी तथा टानका पूर्व कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले कोभिड–१९ ले धरासायी बनेको पर्यटन व्यवसायलाई उकास्न सरकारले कुनै पनि दिगो योजना नल्याएको बताउनुभयो । उनले भने, ‘नेपाली पर्यटनले समृद्धिको अनुभूति गर्नुपर्छ । नेपालमा धेरै विदेशी पर्यटक आऊन् र यसले यो क्षेत्रको गति बढाओस् भन्ने हाम्रो पनि अपेक्षा छ । नेपाल पर्यटकका लागि आफैंमा एउटा पूर्ण प्याकेज भएको मुलुक हुनाले पर्यटन प्रर्वद्धनको लागि नेपालप्रति पर्यटकको आर्कषण बढाउन झन्झटिलो व्यवस्था र पर्यटकलाई हुने असुविधालाई सरकारले हटाउनुपर्छ ।’

एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रिय महासचिव तथा युवा सघ नेपाल केन्द्रिय सचिवालय सदस्य टिकाराम नेपालीले कोरोना भाइरस (कोभिड–१९)का कारण अस्तव्यवस्त भएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेकोले पर्यटन मजदुरहरु उत्साहीत भएको बताउनुभयो । सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको र उनीहरुले हक हितको लागि वेवास्ता गर्दै आएको समेत स्मरण गराउदै उनले नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायी र पर्यटन मजदुर एक सिक्काका दुई पाटा भएकोले नेपालको पर्यटन प्रर्वद्धनका लागि सँगै हतेमालो गरेर अघि बढेमा पर्यटन क्षेत्रको विकास हुने र आर्थिक समृद्धि हुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button