मधेश प्रदेश राखेसँगै मधेशका जनताले मुक्ति पाएको जसपा अध्यक्ष यादवको प्रतिक्रिया

महोत्तरी । जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए।

‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए। अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button