भूमि आयोग चितवनको अध्यक्षमा बद्री तिमिल्सिना

डिलकुमारी नेपाल, चितवन । राष्ट्रिय भूमि आयोग चितवनको अध्यक्षमा बद्री तिमिल्सिना नियुक्त हुनुभएको छ।

शुक्रबार मन्त्रिपरिषद बैठकबाट आयोगको चितवन जिल्ला अध्यक्षमा तिमिल्सिना नियुक्त भएका हुन ।

विगत लामो समयदेखी समाजसेवा र राजनीतिमा सक्रिय तिमिल्सिना चितवनका लोकप्रिय नेताकारूपमा चिरपरिचित छन् । उनी नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सदस्य समेत रहेका छन् । यसैबीच नवनियुक्त अध्यक्ष तिमिल्सिनाले भूमिहीन दलित र सुकुम्बासीलाई देशमा नै उत्कृष्ट सन्देश दिने गरी आफुहरुले लालपूर्जा दिने जानकारी दिनुभयाे।

दलीय भागबण्डाका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर सरकारले २८ जिल्लाका अध्यक्ष टुंगाइएको छ भने शुक्रबार नै २८ जिल्लाका अध्यक्षलाई नियुक्तिपत्र थमाइएको थियो।

भूमिहिन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने कार्यादेशसहित ओली सरकारले २०७६ को चैतमा भूमि समस्या समाधान आयोग गठन गरेको थियो। उक्त आयोग गत साउनमा खारेज गरी भदौमा नयाँ नियुक्ति दिइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button