डब्लूूएचओ भन्छः यसैवर्ष कोरोना महामारीलाई जित्न सक्छौं

काठमाडाैं। विश्व स्वास्थ्य संगठन डब्लूूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुसले यस वर्ष सन् २०२२ भित्र कोरोना महामारीलाई जित्न सकिने बताएका छन्।

विश्वका सबै देश यस महामारीविरुद्ध एक भएर उभिएको खण्डमा यसैवर्ष कोरोना विश्वबाट हटाउन सकिने उनको भनाइ रहेको छ।

नयाँ वर्षको शुुभकामना सन्देश जारी गर्दै डाक्टर टेड्रोसले भनेका छन्,‘विश्व स्वास्थ्य संगठन र यस संस्थाका सहयोगीले मिलेर सबैको लागि भ्याक्सिन बनाइरहेका छन् भने कोरोना परीक्षण र उपचार पहुँचको व्यवस्था गरिरहेको छ। विश्वमा यो भाइरस तेस्रो वर्षमा प्रवेश गरिरहेको छ र मलाई पूर्ण विश्वास छ हामी सबै एक साथ भयौं भने यस वर्ष महामारीको अन्तिम वर्ष हुनेछ।’

पहिलेको तुलनामा विश्वमा कोरोना महामारीको अवस्था राम्रो भएको बताउँदै उनले हाल विश्वमा कोरोनाविरुद्ध लड्ने औषधि र तरिका प्रसस्त भएको पनि उल्लेख गरे।

उनले सो क्रममा कोरोनाविरुद्धको खोप समान रुपमा वितरण हुनुपर्ने र गरिब राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। खोप वितरणमा भेदभाव भएको खण्डमा पनि कोरोना जित्न नसकिने उनको भनाइ छ। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button