जब पास्टर केशवको आँसुले हत्कडी भिजाएको प्रत्यक्ष देखेँ

– हरि जिज्ञासु । नेपालको कानूनले अल्पसंख्यक धार्मिक समुदायको आस्थालाई हत्कडी लगाउने प्रयास गरिरहेको कुरा त कानून पढ्न सक्ने र पढ्न नसक्ने सबै जनालाई थाहा भएकै कुरा हो । विशेषगरी “ख्रीष्टियन” शब्द सुन्ने वित्तिकै राज्यको जिम्मेवारी निकायकामा रहेका व्यक्तिहरुको मस्तिस्कमा सुरुमै विदेशी धर्म क्लीक हुन्छ ।

कोरोना लागेको व्यक्तिलाई प्रभु येशूले निको पार्नुहुन्छ भन्ने सन्देश पास्टर केशव आचार्यले युट्युवमा प्रसारित गरेपछि भ्रमात्मक सन्देश फैलायो भनेर कास्की प्रहरीले २०७६चैत्र १० गते पास्टर केशव आचार्यलाई पक्राउ ग-यो । २०७६ चैत्र २१ गते पास्टर केशव आचार्यको घर खानतलास गर्दा कारको डिकीमा पवित्र आत्मा पाउने बाइबलीय तरिका लेखेको किताब, म ख्रीष्टमा को हुँ भन्ने किताब, नयाँ करार बाइबल, टिनको दराजमा रहेका विभिन्न किताबहरु, ख्रीष्टमसको अभिवादन, नडराऊ विश्वास गर, आफ्नो स्वदेश फर्कि आउनु है, परमेश्वरलाई कसरी खुसी पार्ने लगायतको किताबहरु बरामद ग-यो । खानतलास गर्दै गर्दा पास्टर आचार्यको मोबाइल समेत जफत ग-यो । एउटा धर्म गुरुसँग धार्मिक किताबहरु नभएर के हुन्छ ? धार्मिक किताबलाई बरामद गर्नु भनेको कहाँ सम्मको अन्याय हो ?

धर्म प्रचार गरेको आरोपित कुरालाई लिएर कास्की प्रहरी प्रतिवेदन अनुसार नेपाल सरकार बादी र पास्टर केशव आचार्य प्रतिवादी रहेर “धर्म सम्बन्धी कसुर” कास्की जिल्ला अदालतमा मुद्धा दर्ता भएको देखिन्छ । पास्टर केशवराज आचार्यलाई मुलुकी अपराध संहिता २०७४ को धर्म सम्बन्धि कसुर अन्र्तगत दफा १५८ को उपदफा १० र २० ले समातेको प्रष्ट देखिन्छ । अनुसन्धान गर्दैजाँदा पास्टर केशवराज आचार्य कसुरदार रहेनछन् भनी विश्वास गर्ने कुनै आधार नभएपछि जिल्ला अदालत कास्कीले पास्टर केशवराज आचार्यलाई पाँच लाख धरौटीमा रिहा गरिदियो । “धर्म सम्बन्धी कसुर” मुद्धा अझै पनि कास्की जिल्ला अदालतमा विचाराधिन छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम झुठ्ठा अफवाह फैलाउन नहुने कसुर सम्बन्धी मुद्धा दर्ता छ । यसरी एउटै व्यक्ति र एउटै विषयलाई छुट्टा-छुट्टै मुद्धा दुई ठाउँमा दर्ता हुनुको पछाडी कुनै रहस्य त छ नै । सरकारले त्यसरी एउटा धर्मगुरु माथी यत्रो मेहनत गरेर निगरानी गर्नुको पछाडी केही कुरा लुकेको छ भन्ने प्रष्ट हुन्छ ।

कास्की जिल्ला अदालतबाट धरौटीमा रिहाई हुने वित्तिकै प्रतिवादी रहेका पास्टर केशवराज आचार्यमाथी जिल्ला प्रहरी कार्यलय डोल्पामा धर्म सम्बन्धी कसुरमा मुद्धा दर्ता भएर पास्टर केशवराज आचार्यलाई पक्राउ गर्नको लागि जिल्ला अदालत डोल्पाबाट पक्राउ अनुमती जारी गरी २०७७ वैशाख २ गतेको पत्र प्राप्त मार्फत पास्टर आचार्यलाई लकडाउनको समयमा पीडादायी तरिकाले अनुसन्धानको लागि डोल्पा पु-याइएको थियो ।

डोल्पामा पनि विभिन्न अनुसन्धान गर्दा धर्म परिवर्तन गराउन नहुने सम्बन्धी कसुरले नै प्राथामिकता पायो । जुन मुद्धा कास्की जिल्ला अदालतमा दर्ता भएर पाँचलाख धरौटीमा पास्टर केशव रिहाई हुनुभएको हो । रिहाई हुने वित्तिकै फेरि त्यहि मुद्धा डोल्पा जिल्ला अदालतमा दर्ता हुनुको पछाडीको रहस्य पनि केही न केहि त पक्कै छ । एउटै व्यक्तिलाई एउटै विषयमा तीन वटा मुद्दा दर्ता हुनु भनेको त ख्रीष्टियन समुदायलाई तर्साउने षडयन्त्र सरकार स्वंयको रहेको देखिन्छ ।

पास्टर केशव आचार्य डोल्पाबाट पनि तीन लाख धरौटीमा छुटेर तारिख बोकि रहनुभएको थियो । तारिकको लागि जिल्ला आदालत डोल्पा गएको मौकामा माननीय जिल्ला न्यायधीश श्री केशवराज चपाईको इजलासले २०७८ मंसिर ६ गते कसुर ठहर गरेर मंसिर १४ गते फैसला सुनाउनुपर्ने भएकाले जिल्ला कारागार डोल्पा दुनै कारागारमा पास्टरलाई फैसला नसुनाउँनजेलसम्म थुनामा राखियो । डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं २ रुम गाउँमा दुई जना बृद्धलाई प्रार्थना गरिदिएको भिडियोमार्फत प्रहरी प्रतिवेदन तयार गरेको छ ।

उहाँका निर्दोष आँसुले मलाई भावुक बनायो ।

एउटा धर्म गुरुलाई यसरी डाँकु भन्दा बढि दुःख दिएको कुराले मलाई साह्रै पोलिरहेको थियो । कसरी र किन भन्ने प्रश्नहरु संधै मनमा खेलिरहन्थ्यो । उत्तर पनि आफै दिन्थेँ “राज्यको विभेदकारी कानून” फैसला नहुँदै कारागारबाट फैसलाको प्रतिक्षा गरीरहेका पास्टर केशवलाई कहिले भेटुँ भन्ने कुराले मन पोलिरह्यो । काठमाण्डौँबाट डोल्पा धेरै टाढा छ तर पनि त्यहाँ गएर पास्टर केशवलाई भेटेर उत्साह दिने मेरो चाहना रोकिएन ।

म सँग त्यहाँसम्म पुग्नको लागि प्रयाप्त पैसा थिएन । गाडीमै जान्छु गाडीमै आउँछु भन्ने सोचेको थिएँ । यदि गाडीमा गएको भए फैसला हुने दिन म पुग्दैनथिएँ । जाँदा प्लेनमा गएँ, आउँदा गाडीमा आएँ । केहि आर्थिक समस्याका कारण पीडा त मनमा थियो नै तर पनि पास्टर केशवलाई भेटेर उत्साह दिन पाउँदा मेरा सबै पीडाहरु चैट भएका थिए ।

कारागार भित्रबाट बाहिर बसेको मलाई पास्टर केशवका रसिला आँखाले केही भनिरहेका थिए । पास्टर केशव आचार्यका रसिला आँखाहरुले मेरो पीडाको पत्तासाफ गरिदियो । म एउटा पत्रकार हुँ । मैले खासै एउटा धर्म गुरु जेल पर्दा केही गर्न सक्दीन । म मात्र उत्साह दिन सक्छु । केही शब्द लेख्न सक्छु । उहाँलाई भेटेर उत्साह दिनु नै मेरो उपलब्धी भयो ।

डोल्पा पुगेको पहिलो दिनमा पास्टर केशव आचार्य कारागारको फलामे ढोका भित्र र म अनी मेरो आदरणीय सर धनराज घिमिरे अनि अधिवक्ता शेरबहादुर खत्री सर बाहिर रहेर निकै बेर भलाकुसारी ग-यौँ । उहाँले धेरै कुराहरु हामीलाई सुनाउनुभयो । उहाँका निर्दोष आँसुले मलाई भाबुक बनायो । मंसिर १४ गते ११ बजे अदालतले फैसला सुनाउने थियो । म कारागार पुगेँ । प्रहरीले पास्टरलाई हत्कडी लगाएर अदालत सामु पु-याउन लाग्यो । कारागारमा रहेका अन्य कैदी बन्दीहरुले “ल जानुहोस् जति सक्दो तपाईँको सजाय कम होस् । बेस्ट अफ लक” भन्दै हात हल्लाए । यो दृष्यले म झन भाबुक भएँ । प्रहरीको साथमा पास्टर केशव हत्कडीसहित अघि अघि म पछि पछि हिडेँ । अदालत पुगेपछि माननीय न्यायधिश श्री केशवराज चपाईको अगाडी पास्टरलाई उभ्याईयो । केहि छिन पछि कैद सजाएको लागि सरकारी वकिल र पास्टर केशवको पक्षमा लड्ने वकिलको बहस सुरु भयो ।

जति सक्दो सजाय कम भइदिएको हुन्थ्यो भन्ने हामी पछाडी बसेकाहरुलाई लाग्यो केही मिनेटमै फैसला सुनियो । दुई वर्ष कैद २० हजार जरिवाना । मन खिन्न भयो । बहस पछि न्यायधिशले तपाईँले क्षमा माग्नु भयो र गल्ती स्वीकार्नुभयो भने सजाय अलि कम हुन्छ तपाईको धारणा के छ भनेर प्रश्न गर्दा “पास्टरले नगरेको गल्तीलाई मैले कसरी गल्ती गरेँ भनेर स्वीकार्नु सर । मैले धर्म परिवर्तन गराएको होइन भनेर उहाँले न्यायधिशको सामु निर्दोष जवाफ दिनुभयो । फैसाला पछि हामी सबै बाहिर निस्केर अदालतको आँगनमा पास्टर केशवसँग वस्यौँ ।

पास्टर केशवलाई हत्कडी लगाएर फलामे साङ्लाले हात बाँधेको थियो । पास्टर केशवको आँशुले हत्कडी भिजायो । किनकि उहाँलाई आँसु पुछ्न गाह्रो हुन्थ्यो । त्यहि हत्कडीले नै आँसु पुछ्नु पथ्र्यो । उहाँका निर्दोष आँसुले हामीलाई पोलिरहेको थियो । देशको कानून र आरोप लगाउने व्यक्तिहरुलाई पोलेन । अन्तिममा हामीले कैद पुर्जी बुझिलियौँ अनी पास्टर केशवको पछि-पछि कारागार पुगेर उहाँसँग विदा मागेर हामी फर्कियौँ ।

सरकारले जुन कुरामा मेहनत नगर्नु पर्ने त्यहि कुरामा बढी मेहनत गरेर अनुसन्धान गरेको मिसिलद्वारा देखिन्छ आखिर दोष नत फैसला सुनाउने माननीय न्यायधिशको थियो नत धर्म गुरु केशवराज आचार्यको । दोष थियो त देशको विभेदकारी कानूनको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button