सुदूरपश्चिममा हामी एक नम्बर, ओलीको पार्टी खत्तम : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी ‘एक नम्बरको र एमाले’ खत्तम भएको बताएका छन् ।

प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले कर्णालीमा पनि आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए ।

“सुदूरपश्चिम प्रदेशमा हामी सबैभन्दा बलिया छौँ । दुई नम्बर माओवादी पार्टी छ । तीन नम्बर कांग्रेस पार्टी छ । केपी ओलीको पार्टी त खत्तम ,” उनले भने ।

प्रदेश २ मा आफूहरू अत्यन्त बलियो रहेको उनले बताए । प्रदेश २ मा ओलीको पार्टीको हरिबिजोग भएको उनले दाबी गरे । उनले एक नम्बर प्रदेशको नामाकारण छिट्टै गर्न सुझाव दिए । नाम राख्दा सिंगो देशलाई राम्रो सन्देश दिन उनले आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button