गणेश शाही निर्देशित ‘सितल जुन’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गीत लेखनसंगै भिडियो निर्देशनमा सक्रिय निर्देशक गणेश शाहीको निर्देशनमा दिपक घिमिरे र पुजा ठाकुर अभिनित ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रलाद शाहको शब्द रहेको यस गीतमा कल्याण सिंहको संगीत रहेको छ। प्रेमिल शैलीको गीतमा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङले आफ्नो कर्णप्रिय स्वर दिएका छन्। गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।
बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।
भिडियो लिंक: