ब्याडमिन्टन खेलको २ दिने राष्ट्रियस्तरको प्रशिक्षक प्रशिक्षण सम्पन्न

प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टन खेलको २ दिने राष्ट्रियस्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

प्रदेश खेलकुद बिकास परिषद्को बार्षिक कार्यक्रम अन्तर्गत रहेको रेफ्री तथा प्रशिक्षक तालीम कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघ सङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ बटै जिल्ला बाट सहभागीमध्ये २६ जनाले प्रशिक्षण तालीम उत्तीर्ण गरेका छन् । उक्त कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका मुख्य प्रशिक्षक सुदिप योन्जन मेघराज कठायत र किरण थापाले प्रशिक्षण दिएका थिए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको भएको कार्यक्रमलाइ प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले सम्बोधन गरेका थिए ।

प्रशिक्षणमा सहभागी सबैलाई आ-आफ्नो जिल्लामा गएर स्थानिय तह र जिल्ला खेलकुद बिकास समितीसँग समन्वय गरि नियमित प्रशिक्षण संचालन गर्न आग्रह गर्दै उत्कृष्टहरु मध्येबाट प्रदेशले आगामी दिनमा आवस्यक हुने प्रशिक्षकको पदपूर्तिमा समेत प्राथमिकता दिन सकिने कुरा समेत सदस्यसचिव भण्डारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button