चन्द्रको ‘एकै नजर’मा सुवानी मोक्तान (भिडियो)

काठमाडौँ – अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत ‘एकै नजर’को  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ।

गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ।  यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्।

रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्।  प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक लावारको आधिकारिक च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक: 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button