दसैंमा घर जाने सेनाका परिवारलाई निःशुल्क गाडी र हेलिकोप्टरको सुविधा (विज्ञप्ति)

काठमाडौं । नेपाली सेनाले सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई निःशुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ ।

नेपाली सेनाले दसैँमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज १८ देखि नै सेनाका आश्रित परिवारलाई गाडी र हेलिकप्टरमा पठाइने निर्देशनालयले जनाएको हो । यस्तो सहुलियतपूर्ण यातायात सुविधा असोज २९ गतेसम्म जारी राख्ने उनले बताए ।

जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ । निःशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button