‘सक्षम नेतृत्व चयन गर्नुपर्छ’–सभापति तामाङ

२०५३ सालदेखि नेपाली काँग्रेसको चारतारे झण्डामुनि बसेर काँग्रेस संगठन बिस्तारमा निरन्तर खट्ने जीवन्त नाम हो, रेशमबहादुर तामाङ ।

२०६५ सालमा काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गरी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निवार्ह गरेकै कारण तामाङ २०७० सालमा सर्वसम्मत गाउँ इकाई सभापतिमा चयन हुनु भएको थियो । उहाँ अहिले सम्म ईकाई सभापति रहिरहनु भएको छ । साथै अहिले तामाङलाई पार्टीले बाह्रबिसे नगरपालिकाको नगर सभापतिको जिम्मेवारी सुम्पेको छ । पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी तामाङले कूशलतापूर्वक निवार्ह गर्दे आउनु भएको छ ।

तत्कालीन कर्थली गाउँ बिकास समितिको सर्वदलीय बैठकमा काँग्रेसको तर्फबाट १० बर्ष पार्टी प्रतिनिधि भएर काँग्रेसजन र सम्पूर्ण गाउँबासीलाई बिकास निमार्णले सुसञ्जित पार्न अहोरात्र खटिँदै आउनु भएको थियो तामाङ । उहाँकै पहलकदमीमा साविक १ कर्थलीमा दुई करोडको बहुबर्षीय खानेपानी आयोजना ल्याई कर्थलीबासीका घरघरमा खानेपानी पु-याउनु भएको छ । साबिक कर्थली-७ मा १ करोडको खानेपानी योजना ल्याएर उक्त स्थानमा खानेपानी पर्याप्त पार्नु भएको थियो ।

नेपाली कांग्रेस पार्टीकै अगुवाइमा यी योजना र बजेट सफल बनाइएका थिए । उहाँले उक्त समयमा बाह्रबिसे कर्थली दोलांसा बिगु सडक निमार्ण गर्नु भयो । सो सडकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको महत्वपूर्ण भूमिका रहेको छ । सो सडक निमार्णमा तीन पटक अध्यक्ष भई सडक खन्ने काम सम्पन्न गर्नु भएको थियो । बाह्रबिसे बुदेपा सडकको ट्रयाक खन्न नेतृत्व गर्नु भयो । कर्थली जिरेल गाउँ बुदेपा सडक खन्न अहोरात्र खटिनु भयो । दुरुङगथली टिमुरे तोङबर दोलाङसा सडक ट्रयाक निमार्ण गर्नु भयो । बुदेपा काभे्र हुँदै दुरुङथली टिमुरे सडकको ट्रयाक खोल्नु भयो ।

कर्थली स्वास्थ्य चौकी निमार्णमा अगुवाई गर्नु भएको थियो । बुदेपा स्वास्थ्य चौकी निमार्णमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उक्त सबै काममा केन्द्रीय सदस्य बस्नेतले बजेट ल्याउन ठूलो भूमिका खेल्नु भएको थियो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय निमार्णमा महत्वपूर्ण कार्यभार निवार्ह गर्नु भयो । उक्त बिद्यालयमा छात्रवृत्ति, चन्दा सहयोग गरी बिद्यालयको स्तरबृद्धिमा निरन्तर लाग्नु भएको थियो । साथै सुनकोशी माबि बुदेपामा बिभिन्न छात्रवृत्ति उपलब्ध गराउनुको साथै काँग्रेस नेता तामाङले काँग्रेस संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निभाउदै आउनु भएको छ ।

पार्टीप्रति इमान्दार, बफादार र कार्यकूशलताका क्षमता देखेर नै नेपाली काँग्रेसले तामाङलाई बाह्रबिसे नगर सभापतिको जिम्मेवारी दिएको हो । सोही जिम्मेवारीमा रहेर उहाँले काँग्रेसको शीर उच्च राख्ने सयौं कार्यक्रम र काम गर्दै आउनु भएको छ । काँग्रेसमा अहिले वडास्तरदेखि केन्द्रसम्म १४ औ महाधिबेशनको माहोल शुरु भएको छ । यसै सन्दर्भमा आधारित रहेर पत्रकार चित्र मिजारले सिन्धुपाल्चोक जिल्लाको बाह्बिसे नगरसभापति रेशम तामाङसंग गरेका संवाद :

१) काँग्रेसमा १४ औ महाधिबेशनको माहोल बढेको छ, तपाईको नगरमा अधिबेशनको तयारी के छ ?

अहिले काँग्रेस पार्टी महाधिबेशनको चटारोमा रहेको छ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका हुदै वडामा महाधिबेशनको गर्मागर्मी उत्कर्षमा पुगेको छ । हामीले बाह्रबिसे नगरपालिकामा अधिबेशन गर्नका लागि सम्पूर्ण तयारी थालनी गरिसकेका छौं । वडादेखि जिल्लाको अधिबेशनका सबै खाले तयारी शुरु भएका छन् । हाम्रो वडादेखि पालिका सम्म क्रियाशील सदस्य बिबाद छैन् । अधिबेशन सफलता पूर्वक र सौहार्दपूर्वक सम्पन्न गर्न हामी जोडतोडले लागिरहेका छौं ।

२) तपाईको वडा अर्थात बाह्रबिसे नगरपालिका-२ कर्थलीमा सर्वसहमत कि भोटिङबाट ईकाई समिति, क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् त ?

बाह्रबिसे नगरपालिका २ मा प्रत्येक पदमा सर्वसहमत रुपमा चयन गर्ने अन्तिम प्रयास गर्नेछौं । निर्वाचनद्वारा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र अन्य प्रतिनिधिहरु छनौट हुने प्रक्रियामा नगई सर्वसहमत गर्ने हाम्रो प्रयास हुने छ । तर धेरै आकांक्षी भएमा के गर्ने भन्ने बारे छलफल गरेर सहमती जुटाएरै सबै पदपूर्ति गर्ने छौ ।

३) अनि बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेस नगर सभापतिका लागि तपाईको उम्मेदवारी रहन्छ की रहदैन त ?

बाह्रबिसे नगरमा काँग्रेस सभापतिका लागि मेरो एकदम उम्मेदवारी रहन्छ । अहिले पनि म नगर सभापति हो । १४ औं अधिबेशनमा पनि नगर सभापतिका लागि मेरो बलियो दाबी रहन्छ । किन की मैले बाह्रबिसे नगरपालिकाका ९ वटा नै वडामा काँग्रेसीजनका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको छु । माथि मैले उल्लेखित नै गरेको छु की कांग्रेसीजनको हितमा गरेका काम र पार्टीको संगठन बिस्तार गर्ने काममा मैले कुनै कसुर बाँकी राखेको छैन् ।

पार्टीको हितमा निरन्तर रुपमा लागेर कांग्रेसलाई वडादेखि नगरसम्म सबै भन्दा ठूलो पार्टी बनाउन म तीस बर्षदेखि खट्दै आएको छु । पार्टीका नेता, कार्यकर्ता, अगुवा, क्रियाशील सदस्य सबै काँग्रेसीजनलाई जानकारी नै छ कि म पार्टीलाई बलियो बनाउने कुरामा सधैँ अग्रपंत्तिमा खटिदै आएको काँग्रेसी सिपाही हुँ ।

मलाई पार्टीले दिएको सबै जिम्मेवारी इमान्दार, बफादार भएर पूरा गरेको छु । साथै पार्टीको कोही कार्यकर्ताहरुको सुखदुःखमा साथ दिएको छु । सबै कांग्रसीजनमा मेरो राम्रो सम्बन्ध छ । नगरपालिकाको ९ वटै वडामा मैले बिद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ, भौतिक संरचनामा भूमिकामा खेलेको छु । नगरसभापतिका लागि आवश्यक सबै आधार पूरा गरेको छु । यस कारण पनि पार्टीले मलाई पुन नगरसभापतिमा सर्वसहमत रुपमा नै चयन गर्नु पर्छ भन्ने मेरो बिश्वास छ ।

४) नेपाली काँग्रेस बाह्बिसे नगरसमिति सभापतिका लागि अरु नेताहरुको पनि उम्मेदवारी रहन्छ होला नी ?

नगरसभापतिका लागि अरु नेताहरुको पनि आँकाक्षा हुन सक्छ् । पार्टीमा सबै नेताहरुले उत्तिकै जिम्मेवारी र भूमिका निवार्ह गर्नु भएको छ । यसमा म उच्च सम्मान ब्यक्त गर्दछु । सबै नेताहरुले पार्टीमा जिम्मेवारी पाउनु पर्छ । अहिले पार्टीमा वडादेखि केन्द्र सम्म धेरै पद र भूमिका छन् । सबै आकाक्षीलाई कुनै पनि पद मिल्छ । एक ब्यक्ति एक पद पाउनु पर्ने मान्यतालाई आत्मसात गदै सबै आकाँक्षीलाई पार्टीले ब्यबस्थापन गर्नु पर्छ । सबैको कदर हुने किसिमको पदमा बसेर जिम्मेवारी निवार्ह गर्न आँकाक्षीहरुको बृहत् छलफल हुनु आवश्यक छ । सबैको सम्मान हुने पद पाउनु पर्छ भन्ने मेरो बिश्वास छ । तर मेरो उम्मेदवारी नगरसभापतिमा रहन्छ । नगरसभापतिको भूमिका, म उचित तरीकाले निभाउन सक्छु र निभाउदै आएको छु ।

५) सबै भन्दा ठूलो पार्टी बनाउन वडादेखि केन्द्रसम्म कस्ता नेता चयन हुनु पर्छ ?

एकदमै राम्रो प्रश्न गर्नु भयो । नेपाली काँगे्रसलाई वडादेखि राष्ट्रमै सबै भन्दा ठूलो र बलियो पार्टी बनाउन वडादेखि केन्द्रसम्म नै शसक्त तरीकाले पार्टी हाँक्न सक्ने, बिपक्षी संग सामाना गर्न सक्ने नेताहरु चयन हुनु पर्छ । पार्टी संगठन बिस्तार र सुदृडीकरणमा निरन्तर लागेका, सैद्धान्तिक बिचारले ओतपोत भएका, तार्किक, बौद्धिक, पार्टीप्रति अनुशासित, इमान्दार, बफादार, बिकासे योजनामा बजेट ल्याउन सक्ने, पार्टीमा योगदान गरेको, निरन्तर काँगे्रसीजन र जनताका पक्षमा काम गदै आएको, पार्टीलाई मिलाएर अगाडि बढाउने नेताहरु वडादेखि केन्द्र सम्म चुनिनु पर्छ । यसो भएमा मात्रै काँगे्रस वडादेखि केन्द्र सम्म सबै भन्दा ठूलो, बलियो, आशालाग्दो र जनताको भरोसायोग्य पार्टी बन्छ । आन्तरिक पार्टी जीवनमा मात्रै होइन की मुलुकको सबै खाले निर्वाचनमा पार्टीले जनताको मन जित्ने ब्यक्तिलाई उम्मेदवार बनाउनु पर्छ ।

(६) तपाँइले गरेका सामाजिक कामहरु बताइदिनोस् त ?

सामाजिक कामहरु धेरै गरे । तर मोटामोटी रुपमा मैले ब्यक्तिगत रुपमा दर्जनौ मृगौलापीडित, मुटुरोगी, क्यान्सरजस्ता बिभिन्न रोगीहरुलाई पर्याप्त नगद, आवश्यक पहलकदमी र अन्य सहयोग गरेको छु । बिभिन्न विपन्न ब्यक्तिको मृत्यु संस्कारमा सकेको आर्थिक सहयोग पनि गरेको छु । बिभिन्न सामिाजक र विकास निर्माणको समय र स्थानमा आर्थिक सहयोग गदै आएको छु ।

जिल्लाको खेलकुद क्षेत्रमा साथ सहयोग गरेको छु । लिस्ति मन्दिर, लिस्तिको छगाम र बगाम रहेको गुम्बामा सहयोग गरेको छु । राम्चे सडक, धार्पाखानी सडक, सिगाार्चे सडक लगायत बिभिन्न सडकमा सहयोग गरेको छु । २०७२ सालको बिनाशकारी भूकम्पमा पीडितहरुलाई त्रिपाल, टेण्ट, चामाल, दाल, तेल, चिनी, दुध लगायतको खाद्यान्न बितरण गरेको छु । खाग्दल बाढीपहिरो, जम्बु पहिरो लगायत प्राकृतिक प्रकोप भएका स्थानमा पीडितलाई खाद्यान्न सहयोग गरेका छौ ।

केन्द्रीय सदस्य बस्नेतले जिल्लाभरका बिपत्तिमा परेका पीडितहरुलाई नगद, खाद्यान्न, लत्ताकपडा, त्रिपाल, टेण्ट, जस्तापाता बिभिन्न सामाग्री सहयोग गर्नु भएको छ । साथै उद्धार र राहतका धेरै काम गर्नु भएको छ । उहाँकै सिकाईमा हामीले पनि पीडितलाई सबैखाले सहयोग गर्दै आएका छौं ।

Leave a Reply

Your email address will not be published.

Back to top button