युथ स्पोर्टस् क्लबमा प्रधान

रातोपाटीन्युज, सिन्धुपाल्चोक । जिल्लाको खेलकुद क्षेत्रमा सक्रिय र पुरानो युथ स्पोर्टस् क्लब लामोसाँघुको अध्यक्षमा उमेश प्रधान सर्वसम्मत चुनिएका छन् ।
मंगलबार प्रधानसहित युथ स्पोर्टस् क्लबको मार्नथ अध्यक्षमा ईश्वर कार्की, उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव जिवन श्रेष्ठ, सहसचिव प्रेम लामा र कोषाध्यक्षमा विष्णु शाक्य छानिएका हुन् । त्यसैगरी क्लबको सदस्यमा तेजबहादुर शाक्य, श्री प्रसाद प्रधान, मिनकुमार लामा, नोर्बु लामा, दिनेश श्रेष्ठ, पुजन पाण्डे, समुन्द्र लामा, सनिल काफ्ले, रुपा रायमाझी, रुबी महर्जन् छन् ।
सल्लाहकार समितिमा विरबहादुर खड्का, रामकृष्ण पराजुली, रविन्द्र प्रधान, शंकर कार्की, शुकदेव तिमिल्सिना, विष्णुकुमार शाक्य रहेको अध्यक्ष प्रधानले बताए । ‘सिन्धु कप फुटबल, महिला राष्टिय भलिबललाई निरन्तरता दिनेछौ, लामोसाँघुलाई स्पोर्टस् हब बनाउनेछौ,’ उनले भने । दश वर्षमुनीका बालबालिकाको लागि फुटबल तालिम केन्द्र बनाउने कार्ययोजनामा लाग्ने समेत उनले प्रतिबद्धता जनाए ।
२०४५ सालमा स्थापित क्लबले वार्षिक रुपमा लगातार सिन्धु कप, फुटबल, भलिबलजस्ता स्थानीयदेखि राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्दै आएको छ । ‘क्लबबाट दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भएका छन्, यो हाम्रो अभिभारा गौरव दुवै हो,’ उनले भने ।
अध्यक्ष प्रधान बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघको प्रदेश सदस्य, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको कोषाध्यक्ष र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।