मनसुनी प्रभावः देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागको मौसममा सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरैजसो स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका अधिकांस भू–भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी बर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button