NEWS

राष्ट्रसंघका महासचिवलाई द्वन्द्वपीडितको ज्ञापनपत्र

सशस्त्र द्वन्द्वपीडितहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई ज्ञापनपत्र बुझाएर नेपालको सङ्क्रमणकालीन न्यायका विषयमा ध्यानाकर्षण गराएका छन्।

बिहीबार ४१ वटा संघसंस्थाका तर्फबाट द्वन्द्व पीडित साझा चौतारीकी अध्यक्ष मैना कार्कीले नेपालस्थित संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको कार्यालय मार्फत महासचिवलाई ज्ञापनपत्र बुझाएकी हुन्। ज्ञापनपत्रमा हालै राष्ट्रसंघको ७६औं महासभामा परराष्ट्र मन्त्री नारायण खड्काले सङ्क्रमणकालीन न्यायका विषयमा दिएको अभिव्यक्ति झुटो आश्वासन भएको जनाइएको छ।

मन्त्री खड्काले महासभालाई सम्बोधन गर्दै भनेका थिए, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग मार्फत सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौं। मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाहरूमा कुनै पनि प्रकारको माफी दिइनेछैन।’

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button