NEWS

मेलम्चीको पानी काठमाडौं ल्याउन काम भइरहेको छः खानेपानीमन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाण्डौँ उपत्यका ल्याउन सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्रालय अन्र्तगत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाण्डौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडो भन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताए ।

मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाण्डौँबासीलाई चाँडो भन्दा चाँडो मेलम्चीको पानी खुवाउने योजना रहेको भन्दै आफुहरुले बनाएको नियम, कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।

सरकारले मेलम्चीको पानी एकपटक काठमाण्डौँ ल्याइसकेको थियो । तर गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन् ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button