NEWS
चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका न्यायाधीश बयान दिन नजाने

काठमाडौं । संसदीय सुनुवाईको क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरू संसदीय समितिमा उपस्थित नहुने भएका छन।
सर्वोच्चको फुल कोर्टको आज बसेको बैठकले यस्तो निर्णय गरेको छ। बहालवाला न्यायाधीशलाई महाअभियोग लगाइएको अवस्था बाहेक बयानका लागि बोलाउनु अपरिपक्व निर्णय भएकाले नजाने निर्णय भएको हो।