अर्थतन्त्र भनेको राष्ट्र भनेर बुझ्नु गलत : गभर्नर अधिकारी

चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रको सबै क्षेत्रहरू नेपाल राष्ट्र बैंकले नहेर्ने पनि बताए । अर्थतन्त्रका प्रमुख चार क्षेत्रहरुमध्ये अन्तिमको एउटा क्षेत्रमात्रै राष्ट्र बैंकले हेर्ने उनले बताए । ‘अर्थतन्त्र भनेको राष्ट्र बैंक, राष्ट्र बैंकको अर्थतन्त्र भन्ने हिसाबले बुझ्ने गरेको पाइन्छ, त्यो होइन’ उनले भने, ‘रियल सेक्टर छ, एक्सटरनल सेक्टर छ साथै फिस्कल र मनिटरी सेक्टर छ, अन्तिमको पार्ट मात्रै हाम्रो हो।’
गभर्नर अधिकारीले ४ वटा क्षेत्रहरुको छुट्टै भूमिका भएको र ४ क्षेत्रबीच समन्वय भने हुने गरेको उनले बताए । चालु आर्थिक वर्षमा कर्जा वृद्धिदर लक्ष्यभित्रै रहने समेत उनले बताएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत १९ प्रतिशत कर्जा वृद्धिदर हुने लक्ष्य राखेको थियो। चालु आर्थिक वर्षको मध्य भागमा ३२ प्रतिशतसम्म पुगे पनि वर्षको अन्त्यमा त्यस्तो नहुने उनले बताए ।