स्पष्टीकरण सोधिएको बिषयले तरंगित बनायो, ८/१० दिन भित्र आयोगले गर्ने निर्णयले भुकम्प ल्याउँछ : आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई कडाई गरिएको बताएका छन् ।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वायन गराउन स्पष्टीकरण सोधिएको बिषययले तरंगित बनाएको अबस्थामा अबको ८/१० दिन भित्र अ।योगले गर्ने निर्णयले भुकम्प ल्याउने बताए ।
निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सञ्चार माध्याम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोधिएको स्पष्टीकरणलाई लक्षित गर्दै प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्नु भनेको कार्वाहीको प्रक्रियामा लग्नु भएको बताए ।
हामीले साना आचारसंहिता उल्लंघनका घटना हेर्ने हो, उनले भने, ठुला घटना सम्बन्धित निकायलाई कार्वाहीको सिफारिस गर्ने हो ।
निर्वाचन आचारिंहिता कसुर ऐनको दफा २० ले कुनैपनि प्रलोभन दिन नहुने भनिएकोले आचार संहिता उल्लंघन भन्दा ठुलो कसुर भएकोले कार्वाहीकालागि सिफारिस गरिएको उनले बताए । दलहरू आफैँले बनाएको कानुन कार्यान्वयन आयोगले गराउने काम मात्र गरेकोले कानुन कार्यान्वयन गर्न उनले आग्रह गरेका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन खर्चको सिमा र आचारसंहिता कार्यान्वयन गर्नेकुरा मुख्य चुनौती देखिएको छ, उनले भने, दलहरूले बनाएको कानुन कार्यान्वयन गरिएको हो, निर्वाचन आयोग टुलुटुलु हेसेर बस्दैन ।
उनले स्थानीय तहमा अनुभुत गरेका ध्यान दिएर त्यो बेला देखिएका समस्या यो निर्वाचनमा दोहोरिन नदिने बताए । सामाजिक सञ्जालको चंगुलबाट मुक्त राख्न खोजिएको उनले बताएका छन् ।
उनले पछिल्ला केहि समाचारले महिलालाई होच्याउने काम गरेकोमा उनले दुख ब्यक्त गरे । महिला उम्मेद्वार भएको क्षेत्रमा ञहेविवेटसँग महिला भन्ने खालको हेडलाईन राखेर समाचार प्रकाशित हुँदा होच्याएको जस्तो देखिएको छ । कर्यक्रममा बोल्दै मोरङका मुख्य निर्वाचन अधिकृत आचारसंहिता गुणात्मक र गुणस्तरीय परिचालन भएको बताए ।
जिल्लामा समानुपातिक मतपत्र प्राप्त भएकोले त्यसको ब्यबस्थापनको काम भईरहेको वताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशिँराज दाहालले मोरङमा ७ हजार ५ सय सुरक्षाकर्मी परिचालित भएको बताए ।