NEWS

सीके राउतको चेतावनी : अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्नेको सदस्यता खारेज हुन्छ

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष डा.राउतले आज विज्ञप्ती जारी गरेर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कारबाही हुने चेतावनी दिएका हुन् ।

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेवारी बनेको डा। राउतले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको नीति र निर्देशन विरूद्ध गई कसैले पद वा जिम्मेवारीमा बसेर निष्क्रिय भइदिएमा यस्तो महत्त्वपूर्ण घडीमा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैँझगड़ा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदवारहरूलाई सहयोग नगरी अरू उम्मेदवारहरूको प्रचारप्रसार गरेमा वा अरू उम्मेदवारहरूलाई सघाउने काम गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारवाही गरिनेछ ।’

पार्टी उम्मेदवारका विरुद्धको गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रिय समितिदेखि बूथ समितिका सबै पदाधिकारीहरू तथा नेता कार्यकर्ताहरूमा डा. राउतले अनुरोध समेत गरेका छन् ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button