NEWS

विश्व इतिहासमा आज : सद्दाम दोषी ठहरदेखि तिब्बत युद्ध समाप्तसम्म

सद्दाम हुसेन दोषी ठहर
सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो। उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो।

जीवनको अस्थित्व चार अर्ब वर्ष पहिले रहेको प्रमाण
सन् २०१५ मा अमेरिकी वैज्ञानिकले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व चार दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए। युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए।

चीन तिब्बत युद्ध समाप्त
सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो। चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपछि चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध सुुरु भएको थियो।

जोनाथान स्विफ्टको मृत्यु
सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो। एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो। स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button