NEWS

विप्लव नेतृत्वको नेकपाका ७५ नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित 

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७५ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादी ) मा समाहित भएका छन् ।

विहीबार नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय कार्यालय आलोकनगरमा समाहित भएका नेता कार्यकर्ताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन दिनुभयो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

कार्यक्रममा बोल्दै लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण नेकपा एकीकृत समाजवादी बाट मात्र सम्भव भएको निश्कर्ष सहित आफूहरु समाहित भएको बताउनु भयो ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button