NEWS
ललितपुर-३ मा डा. तोशिमा कार्की विजयी

काठमाडौं । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोशिमा कार्की भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।