NEWS

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा तोडफोड, एक कार्यकर्ता घाइते

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग भएको गाडीमा तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।

लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीले जनाएको छ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button