NEWS
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छन्।
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
प्रमाणित भएका विधेयकमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।