NEWS

मानव अधिकार उल्लङ्घनका घटना रोकिएकोप्रति उपराष्ट्रपतिको चिन्ता

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवर्द्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना रोकिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज यहाँ आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला-२०७९’ को उद्घाटन गर्दै उनले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकिरहेको बताए । 

‘मानव अधिकार सबैका लागि हो । वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि हो’, उनले भने, ‘मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो ।’

मानव अधिकारको सम्मान, संरक्षण र पूर्णपालना अनिवार्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारको प्रत्याभूतिका लागि कानूनी व्यवस्थालाई पूर्णरूपमा लागू गर्न आवश्यक रहेको बताए । 

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button