NEWS

माओवादी केन्द्रको घोषणापत्र : सातवटै प्रदेशका लागि भाषा तोकियो (पूर्णपाठ)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा सात वटै प्रदेशका लागि बाहुल्यताका आधारमा सरकारी कामकाजको भाषा तोकेको छ ।

संविधानको मर्म र भावना बमोजिम प्रदेशको भाषा तोक्ने र प्रदेशको भाषा स्वतः संघको कामकाजको भाषामा प्रयोग गर्ने नीति लिइने गरी माओवादी केन्द्रले सात वटै प्रदेशका लागि भाषा तोकेर घोषणापत्रमा समेटेको हो ।

माओवादीले प्रदेश १ मा वान्तवा राई भाषा, लिम्बू र मैथिली, मधेस प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका भाषालाई प्रदेशको भाषाका रुपमा घोषणापत्रमा तोकेको छ ।

यस्तै, बागमती प्रदेशमा तामाङ र नेपाल भाषा, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा, लुम्बिनी प्रदेशमा मगर, थारु र अवधि, कर्णाली प्रदेशमा मगर र तामाङ, सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई माओवादी केन्द्रले प्रदेशको भाषा तोक्ने गरी घोषणापत्रमा प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button