NEWS

माओवादीले स्वतन्त्र उम्मेदवारी दिने ५ जनालाई साधारण सदस्यबाट निस्कासन गर्‍यो (पत्रसहित)

काठमाडौँ । माओवादीले स्वतन्त्र उम्मेदवारी दिने ५ जनालाई साधारण सदस्यबाट निस्कासन गरेको छ  ।

केन्द्रले गठबन्धनका विरुद्ध  स्वतन्त्र उम्मेदवारी दिने ५ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हाे ।

कारवाही पर्नेमामा माओवादी केन्द्रीय सदस्य तथा घनकुटाबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने  हेमराज भण्डारी, माओवादी केन्द्रीय सदस्य तथा सप्तरीबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने अशोक कुमार मण्डल, माओवादी केन्द्रीय सदस्य तथा मदेस प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने पर्साका विरेन्द्र यादव रहेका छन् ।

यस्तै, माओवादी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभामा स्वतन्त्र उम्मेरदवारी दिने रोल्पाका दिपेन्द्र बहादुर पुन मगर र माओवादी केन्द्रीय लेखा परिक्षण आयोग सदस्य तथा कालिकोटबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार दिएका काशिचन्द्र बराल रहेका छन् ।

यस्तो छ माओवादी केन्द्रले जारी गरेको विज्ञप्ति:

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button