NEWS
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने नेकपा एसको चेतावनी

महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउँसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिन्छ, विज्ञप्तिमा उल्लेख छ ।
महासचिव भुसालले पार्टीको निर्देशन नमान्नेलाई कारबाही गर्ने पनि बताएका छन् । सत्ता गठबन्धनले हिजो दिउँसो संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।