NEWS

प्रधानमन्त्री देउवा सातौं पटक भारी मतान्तरका साथ विजयी

डडेलधुरा – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो ।

निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार देउवा १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन् ।

आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन् ।

डडेलधुराबाट देउवा २०४८ सालपछि लगातार संसदमा निर्वाचित हुँदै आएका छन्। एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवालाई हराउन स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको साथ पाएका बीपी कांग्रेसका मल्ल असफल भएका हुन्। यो जितसँगै देउवाले इतिहास रचेका छन्। डडेलधुरामा देउवाको उदयलाई निर्विकल्प रुपमासमेत हेरिएको छ ।

प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन् ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button