NEWS

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ। आयोगले ४ मंसिरमा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो।

आयोगले प्रतिनिधिसभातर्फका उम्मेदवारको नामावली प्रकाशन गरेको छ। सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो।

यस्तै आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ। बुधबार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button