NEWS

पोखरा महानगरका प्रमुख आचार्यले पूर्वपर्यटनमन्त्री स्व. अधिकारीको योगदानलाई यसरी सम्झिए

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन् ।

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए ।

विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको बताए।

उनले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताए। ‘वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो’, उनले भने ।

कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शंकरराज पाठक र पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरे।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button