NEWS

नेपाल पत्रकार महासंघद्वारा ‘डिजिटल पत्रकारिता तालिम’ प्रदान

काठमाडौँ । नेपाल पत्रकार महासंंघले सोमबार विभिन्न अनलाइन मिडियामा काम गर्ने पत्रकारहरूलाई डिजिटल पत्रकारिता तालिम दिएको छ ।

महासंघको कार्यकारी सदस्य उज्जवल आचार्यद्वारा दिइएको तालिममा डिजिटल पत्रकारिता सम्बन्धी सीपहरू प्रदान गरीएको थियो ।

पत्रकारिता भन्ने वित्तिकै हामी रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई सम्झन्छौँ । तर आचार्यका भन्छन् ‘पत्रकारिता मसी होइन, कागज होइन, तरंग होइन । पत्रकारिता जनचासोका विषय, घटनाबारे जानकारीमुलक सुचनाको सङ्कलन, छनोट, लेखन र सम्पादन गरी कुनै माध्यमद्वारा आम नागरीक सम्म पुर्याउने कला हो । सुचना प्रसारणहुने माध्यम अनुसार पत्रकारिता फरक देखिन्छ ।’ त्यसैगरी डिजिटल पत्रकारिता ,पत्रकारिताकै समसामयिक स्वरुप रहेको उनले बताए ।

डिजिटल पत्रकारिता तालिममा समाचारको शीर्षक, भाषा, ढाँचा, टिजर, सारांश लेखनका सिप र डिजिटल पत्रकारिताको महत्वबारे आधारभूत ज्ञानहरू सिकाइनुका साथै समाचारमा प्रयोग हुने फोटो खिचाई र अडियो सम्पादन, भिडियो सम्पादन र तस्बिर सम्पादन सम्बन्धी अनलाइन उपकरणहरूबारे पनि जानकारी दिइएको थियो ।

बिहान १० बजेदेखि सुरु भएको तालिममा करिब ३५ जना सञ्चारकर्मी उपस्थित भएका थिए । उपस्थित सञ्चारकर्मीबीच अन्तरक्रिया र छलफल भएको थियो । छलफलमा तालिम उपयोगी र लाभदायक भएको अन्य सहभागीहरुको भनाइ थियो ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button