NEWS

निहारिकाको मुद्दामा मङ्सिर २१ गते सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । निहारिका राजपूतको मुद्दामा मङ्सिर २१ गते सुनुवाइका लागि पेसी तोकिएको छ । समय अभावका कारण सबै कानुनी व्यवसायीले बहस गर्न नपाएपछि मुद्दालाई अग्राधिकार प्रदान गर्ने गरी अन्य आदेश गरिएको छ ।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डाल कुमार खड्काको संयुक्त इजलासले मुद्दामा अग्राधिकार दिने आदेश गरेको हो।

बुधबार वादीका तर्फबाट सरकारी वकिल समूहका सहन्यायाधिवक्ता यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ताद्वय मीरा ढुङ्गाना र सुनिता रेग्मी, अधिवक्ताद्वय शान्ति रिजाल र वैतनिक वकिल रिंकु कुमारी यादवले बहस गरेका थिए। वादीको बहसपछि प्रतिवादीका तर्फबाट बहस गर्ने पालो आए पनि समय अभावका कारण बहस गर्न नपाएपछि मुद्दालाई अग्राधिकार दिने गरी बुधबारको बहस सकिएको छ ।

अदालतले जाहेरीवालीको वासस्थान, जायजन्म भएको बालकको हक अधिकार र आर्थिक अवस्था आदिको कारण उक्त मुद्दाको शीघ्र किनारा गर्नु वाञ्छनीय देखिएको भन्दै उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button