NEWS

देशभरका जनताले सप्तरीलाई जयजयकार गरिरहेका छन् : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउँनु सबैको साथ र मायाले मात्र सम्भव भएको बताएका छन् ।

उनले झापा र डडेलधुराका जनतालाई गाली गर्ने देशभरका जनताले सप्तरीका जनतालाई जयजयकार गरिरहेकाे बताए । काठमाडाैँमा पार्टीले आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

उनले भने, ‘सप्तरीका जनतालाई अझ बढि धन्यवाद दिन चाहान्छु । जस्ले मलाई संसदीय राजनीतिमा सामेल गराए । जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको छ । तपाईंले अब मलाई झन सहयाेग गर्नु पर्छ । मेरो बल्ल काम गर्ने बेला आएको छ । मलाई व्यापक मात्रामा जनताको साथ सहयोग चाहिन्छ । जनताले जुन अपेक्षा राखेका छन, म पुरा गर्छु ।’

उनले सप्तरीका जनतालाई देशभरका जनताले जयजयकार गरेकाे बताए । उनले भने, ‘ झापा डडेलधुराका जनताले गाली पाइराख्दा सप्तरीका जनतालाई देशभरका जनताले जयजयकार गरेका छन् ।‘

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button