NEWS
कांग्रेसले गर्यो मुस्ताङबाट विजयी सुरुवात, २९ वर्षीय गौचन बने सांसद

प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ। मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।
सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।
प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन्।
मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो । ०७४ मा मुस्ताङका तीनै सिट अधिक मत सहित एमालेले जितेको थियो ।