NEWS

कर, राजस्व, शुल्क, दस्तुर नतिरेका उम्मेदवार बन्न नपाउने, अरु के छन् योग्यता ?

काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिकाका योग्यता तोकेको छ ।

आयोगका अनुसार राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गरेर मात्र व्यक्ति चुनावमा उठ्न पाउने छन् । आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ । त्यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी र पीआर )नलिएको हुनुपर्ने बताए ।

कसले उम्मेदवार बन्न पाउँदैनन्:

१- प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) को व्यवस्था :

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको,

२- प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), छ), (ज), (झ) र (ञ) को व्यवस्था:

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button