NEWS

ओली गठबन्धन अप्राकृतिक र अपवित्र छ : अध्यक्ष नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको तेस्रो घटक दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा केपी ओली नेतृत्वको गठबन्धन अप्राकृतिक र अपवित्र रहेको बताएका छन् ।

सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेपालले सो टिप्पणी गरेका हुन् ।

आफूहरुको गठबन्धनले संविधानको रक्षा गरेको, संसद विघटन हुनबाट जोगाएको, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्दै निरंकुशतालाई पराजित गरेको उनले बताए ।

तर, अर्को गठबन्धन अर्थात् केपी ओलीको गठबन्धनले विपरीत सिद्धान्तको पार्टीको अप्राकृतिक र अपवित्र गठबन्धन भएको उनले बताए ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button