एकीकृत समाजवादीको घोषणापत्र : आर्थिक समृद्धि र भौतिक पूर्वाधारमा जोड

काठमाडौँ । नेकपा (एस) एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एसले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरण सहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको बताइएको छ ।
जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।
राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै शुशासन र पारदर्शीता सहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ । पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरव्याजीलगायत सबै खाले शोषण तथा उत्पिडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए ।
उनले भने, ‘पहिलो नीतिगत प्रतिबद्धता र दोस्रो कार्यक्रमका योजना रहेका छन् ।’ सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।’
‘नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका नदीलाई जोड्दै पूर्व पश्चिम नहर निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न सिँचाइ आवश्यक रहेको र पूर्वपश्चिम महानर निर्माण गरेर सिँचाइ नपुगेका मधेसका अधिकांश क्षेत्रमा सिँचाइको व्यवस्था गर्न सकिने बताए ।
घोषणापत्रका विशेषता