NEWS

अपूर्व क्षितिजको मुद्दा मैनालीको इजलासमा, आजै बयान लिने

काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा पुन: पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मावधप्रसाद मैनालीको इजलासमा उनको पेसी तोकिएको छ । क्षितिजको आज थुनछेक बहस हुने अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।

यसअघि भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग छ ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button