NEWS

अछामी जनताको बलियो साथ छ, जित सुनिश्चित छ : मन्त्री कुँवर

अछाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताएका छन् ।

अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्री कुँवरले आफु निष्ठा र ईमान्दारीताको राजनीति गर्ने बताएकाले अछामी जनताको बलियो साथ रहेको बताएका हुन् ।

उनले ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई वहुमतले विजयी गराउन आग्रह गरे। मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका ईमान्दार उम्मेदवारहरुलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गरे ।

अछामका जनताकै साथले आफु राजनीतिमा रहेको बताउँदै उनले संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको बताए ।

WebDurbar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button